सुचना उपलब्ध नगराउदा गौर अस्पताल विरुद्ध राष्ट्रिय सुचना आयोगमा उजुरी

1410 Shares

तराई टप संवाददाता
रौतहट, २७ असार । गौर अस्पतालबाट माग गरिएको सुचनाहरु उपलब्ध नगराएको हुँदा चरम आर्थिक अनियमितता भएको हुनसक्ने आशंका गर्दै राष्ट्रिय सुचना आयोगमा पुनरावेदन पत्र पठाएको छ ।
गौर नगरपालिका वडा नम्वर १ बस्ने अमितकुमार ठाकुरले गौर अस्पतालमा भईरहेको आर्थिक अनियमितता विरुद्ध सुचनाको हकको ऐन प्रयोग गरेर जेठ ३० गते अस्पताल प्रशासनमा पत्र दर्ता गराएका थिए तर अस्पताल प्रशासनले मौखिक जानकारी दिएपनि लिखित रुपमा प्रमाणित प्रतिलिपि उपलब्ध नगराएकोमा बाध्य भएर सुचना आयोगको कार्यालयमा पुनरावेदन पत्र पठाएको हो ।
पहिलो जवाफ नदिदा असार १६ गते पुन एक साताको समय दिएर सुचना माग गरे बदनियतबस मेडिकल सुप्रिडेन्ट र लेखा शाखाका कर्मचारीले सुचना उपलब्ध नगराएपछि असार २४ गते राष्ट्रिय सुचना आयोगमा निवेदन पत्र पठाएको युवक ठाकुरले भने ।
गौर अस्पतालको मेसु बनेर कृष्णा साह आएको दिन देखि अस्पतालमा उपचारको नाममा विरामीलाई रेफर गर्ने काम मात्रै भएको तथा विभिन्न उपकरण खरिद देखि लिएर अन्य कार्यमा व्यापक आर्थिक अनियमितता गर्दै आएको यस्ता मेसु विरुद्ध सम्बन्धित निकाले समयमै कारवाही नगर्दा गौर अस्पताल लथालिंग अस्थामा पुगेको गम्भीर आरोप युवक ठाकुरले लगाए ।
विभिन्न सात वटा वुंदाको प्रमाणित प्रतिलिपि नियमानुसार माग गर्दा समेत आलटाल गर्दै आएको र निजको भ्रष्टाचारको विरुद्ध स्थानीयहरुद्धारा विरोध गर्दा समेत साहलाई कुनै प्रभाव नपरेकोमा बाध्य भएर सुचना आयोगमा लिखित रुपमा पुनरावेदन पत्र चढाएको गुनासो उनले गरे । युवक ठाकुरले अस्पताललाई सुधार गरी यहाँको बासिन्दाहरुलाई समुचित रुपमा उपचार गराउनका लागि मेसु साह सहितका कर्मचारी विरुद्ध आवश्यक छानविन गरी कारवाही गर्नु अत्यन्तै आश्वयक रहेको उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार