हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’का अनुसन्धान अधिकृतहरूका अनुसार तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङभन्दा माथिल्लो लेयरमा ३ जना चिनियाँ संलग्न छन् ।उनीहरू हुन्, याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् र जिक्वान लिन । उनीहरू भारतमा पनि सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले सञ्चालन गरेको अपरेसन ‘गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ मा उनीहरू संलग्न देखिएका हुन् ।
सुनको धारा बनाएर हङकङबाट गरिने सुन तस्करी विरुद्धको अपरेशनलाई डीआरआईले ‘गोल्डेन ट्याप’ नाम दिएको थियो । एयर कार्गो रुटबाट हङकङ हुँदै दिल्लीमा हुने सुन तस्करीविरुद्ध डीआरआईले ‘मोल्टेन मेटल’ अपरेसन सञ्चालन गरेको थियो ।
ती दुईवटा अपरेशनले अहिले पक्राउ गरिएका ३ जना चिनियाँलाई कारबाही गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्–‘डीआरआईले राजस्व चुहावटसम्बन्धी मुद्दा चलाएको र त्यसमा छुटेपछि उनीहरू पुनः तस्करीमा लागेको खुलेको छ ।’
याओ पुचेङ्ग सुन तस्करीको समूहमा ‘एलेक्स’ नामले चिनिन्छन् । उनी २०७६ असोज २ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसबेला डीआरआईको टोलीले पुचेङ्गको साथबाट ६ किलो सुन बरामद गरेको थियो ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२२ मे महिनामा डीआरआईले ‘गोल्डेन ट्याप’ अपरेसन सञ्चालन गरेर ६१ किलो ५ सय ग्राम सुन बरामद गरेको थियो । अहिले काठमाडौँमा बरामद गरिएको सुनको तस्करी शैली र एयर कार्गो रुटबाट हङकङबाट हुँदै दिल्लीमा गरिने तस्करीको शैली समान देखिएको छ ।
भारतमा सुन तस्करीमा संलग्न भएर छुटेका ३ जना चिनियाँको अनुसन्धानमा सहयोग गर्न सीआईबीले प्रहरी प्रधान कार्यालयमार्फत ‘इन्टरपोल भारत’ र ‘इन्टरपोल हङकङ’सँग पत्राचार गरेर सहयोग मागेको छ ।
ली वेन सुङ्गलाई सुन तस्कर समूहले ‘अलि’ भनेर बोलाउँछन् । एलेक्स, अलि र जीक्वाङ लिन २०१९, २०२१ र २०२२ मा भारतमा सुन तस्करीमा संलग्न देखिएको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन