सोमवार चन्द्रपुरमा गाई जात्रा २०८० को आयोजना हुँदै
तराई टप
९ भाद्र २०८०, शनिबार १८:४२

चन्द्रपुर (रौतहट), ९ भदौं । चन्द्रपुर नगर उद्योग वाणिज्य संघद्वारा भदौं ११ गते गाई जात्रा कार्यक्रमको आयोजनाको सम्पूर्ण तयारी पुरा भएको छ ।
चन्द्रपुरमा रहेको अशोका होटेलमा आउदो सोमवार अर्थात भदौं ११ गते अपरान्ह् ४ बजे देखि आयोजना हुन गइरहेको गाई जात्रा महोत्सवमा सहभागी भई आनन्द उठाउन चन्द्रपुर नगर उद्योग वाणिज्य संघले हार्दिक रुपमा नगरवासी सहित जिल्लाबासी संग अनुरोध गरेको हो ।
गाई जात्रा भनेपछि हासो, ठठ्यौली सहितको कार्यक्रम हुने भएको सबैलाई थाहा नै छ तैपनि आयोजक संस्थाले गाई जात्रा महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउन सबै आवश्यक प्रबन्ध मिलाईसकेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको महासचिव जनकराज भारतीले जानकारी दिए ।
उक्त महोत्सवलाई भव्य, सभ्य एवं आफनो प्रस्तुतीबाट गुञ्जमान बनाउनका लागि शैलेन्द्र सिम्खडा, मनोज गजुरेल, टिका भण्डारी, सुबोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने लगायतका हास्य कलाकारहरुको उपस्थिति हुने महासचिव भारतीले बताए ।
शान्ति, सभ्य, भव्य एवं अनुशासित रुपमा सम्पन्न गराउन आयोजक समितिले पूर्ण रुपमा संकल्पिक रहेको हुँदा नगरबासी सहित जिल्लाबासीहरु समयमै आ आफना स्थानहरु सुरक्षित गराएर मनोरञ्जनको लाभ उठाउन समेत उनले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै