नेपाली काँग्रेस निकट नेपाल महिला संघमा समानान्तर कमिटीले विवाद निम्त्याउदै

107 Shares
रौतहट, ९ भदौं । नेपाली काँग्रेस निकट रहेको महिला संघमा वरिष्ठ नेता शेखर कोइराला समुहले समानान्तर कमिटी घोषणा गरे पश्चात विरोध सुरु भएका छन् ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा सभापति मनोनयन गरेपछि त्यसको विरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो समानान्तर कमिटी गठन गर्न सुरु गरेपछि विरोध सुरु भएका हुन् । रौतहट जिल्लामा महिला संघ नेपालको सभापतिमा केन्द्रिय निर्देशन अनुसार मनोनयन भइ सकेको भएपनी शेखर कोइराला पक्षले समानान्तर कमिटी गठन गरेपछि विवाद सृजना भएको बताइएका छ्न ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाको ठाडो निर्देशनमा विधान विपरित रौतहटमा महिला संघ नेपालको समानान्तर कमिटी गठन गर्दै सभापतिको जिम्मेवारी भुवनी गिरि लाई तोकिएको छ ।
नेपाली कांग्रेसको महिला संघ नेपाल को बिधान को अधिनमा रहि केन्द्रिय सभापति रहेकी उषा राउत मिश्रले हरेक जिल्लामा अनुगमन मुल्यांकन गरेर संगठन निर्माण गर्नका निमित्त काम गर्दै आएका महिलाहरुलाई राजनीति परस्थिति र समस्या संग जुध्न सक्ने सक्षम योग्य नेत्रीहरुको खोजी गरेर सभापतिको जिम्मेवारी दिएकोमा त्यस्को बिरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो मनोमानी ढंग ले समानान्तर कमिटी गठन गरेको आरोप लागेको छ ।
अहिले महिला संघ नेपालको केन्द्रिय कार्य समितीको निर्देशन अनुसार सबै महिला संघका सभापतिहरु आ–आफ्नो जिल्लामा संगठन निर्माणमा ब्यस्त भएको बेला अनावश्यक कुरागरी समानान्तर कमिटी गठन गर्नु नेपाली कांग्रेसलाई कमजोर बनाउनु हो महिला संघ  रौतहट जिल्लाको सभापती अन्जु झाले भनिन् ।
महिला संघमा यस्तो नाङ्गो हस्तक्षेप गर्नु पार्टीलाई कमजोर बनाउने देखिएको हुँदा अविलम्ब त्यस्ता हर्कतहरु अविलम्ब बन्द गर्न यसप्रकारको क्रियाकलाप नगर्न अध्यक्ष झाले माग गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।