व्रम्हपुरीबाट अबैध हतियार गोली सहित तिन जना युवक पक्राउ

   २७ असार २०७८, आईतवार १५:५३  

तराई टप संवाददाता
सर्लाही, २७ असार । अबैध हतियार र गोली सहित सर्लाहीको त्रिभुवननगर गाउँका तिन जना युवकलाई प्रहरीले शनिवार साँझ नियन्त्रणमा लिएको छ ।
व्रम्हपुरी गाउँपालिका वडा नम्वर ४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाटलाई नियन्त्रणमा लिएको हो ।
बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार सहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरीको संयुक्त प्रयासबाट ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित नियन्त्रणमा लिएको जनाइएको छ ।
हतहतियार र गोली सहित पक्राउ गरेका तिनै जना विरुद्ध लाई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढिसकेको सर्लाही प्रहरीले बताए ।
प्रदेशको आठै जिल्लालाई विभिन्न खाले हुनेगरेको अपराध मुक्त गराउने अभियानमा सक्रिय रहेको कार्यमा जनताको सहयोग एकदमै अपरिहार्य रहेको बताउदै प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी उमेश रंजिकारले सिमापारबाट हुने गरेको अपराधीक कार्यलाई निरुत्साहित गरी शान्ति सु व्यवस्था कायम गराउने कार्यमा प्रदेश प्रहरी क्रियाशिल रहेको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै