वीरगञ्ज, १० भदौं । नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा प्रमुख प्राथमिकता दिएर वर्तमान सरकार केन्द्रीत रहेको बताए ।
पर्सा जिल्लाको वीरगञ्ज स्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले लामो संघर्ष पश्चात पाएको उपलब्धीलाई संरक्षित गर्न र त्यसलाई कार्यान्वयन गराउदै सरकार अघि बढिरहेको बताएका हुन् ।
लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै आम नेपाली जनतालाई त्यसको अनुभूति गराउन वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर काम गरिरहेको उनले स्पष्ट पारे ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कार्यभार सम्हालेको दिन घोषणा गरे अनुसार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर वर्तमान सरकारले काम गर्नमा सरकारको ध्यान केन्द्रित छ । राज्यका सम्पूर्ण संयन्त्रलाई सोही अनुसार काम गर्न निर्देशन पनि दिएका छौँ ।’ यसमा हालसम्म सरकार सफल भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट