pcr testen bergen op zoom - pcr testen bergen op zoom download zoom poll results download zoom meeting attendees origin of zoom app zoom app for pc system requirements

अफिम सहित मकवानपुरको दुई जना पक्राउ

   २७ असार २०७८, आईतवार १६:१२  

तराई टप संवाददाता
रौतहट, २७ असार । रौतहटको राजदेवी नगरपालिकाको चण्डिहा टोलमा एक अफिम सहित दुई जना मकवानपुर जिल्लाको युवक पक्राउ परेको छ ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी व्रम्पुरी र बसतपुर प्रहरी चौकीको संयुक्त टोलीले राजदेवी नगरपालिका वडा नम्वर ३ चण्डिहा गाउँको सडकमा बा.६०प ५३५ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर चेकजाँच गर्दा एक किलोग्राम अफिमको चोप सहित दुवैजना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
मकवानपुर जिल्ला मकवानपुर गढी २ का ३२ बर्षिय अनिल लामा र बकैया गाउँपालिका ६ का ३५ बर्षिय सुकलाल वाइवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्नका निमित्त जिल्ला अदालत गौरबाट ५ दिनको लागि न्यायिक हिरासतमा राख्न म्याद लिएको डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिए ।


दुवै युवक मकवानपुरबाट लागुऔषध लिई रौतहट आएको हामीलाई खवर प्राप्त भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको स्पष्ट पार्दै अनुसन्धानको क्रममा कसका लागि उक्त अफिम ल्याएको वारे जानकारी प्राप्त भएपछि सार्वजनिक गर्ने बताए ।
फोटो क्याप्सन ः लागु औषध अफिम सहित मकवानपुरको दुई युवक पक्राउ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै