65
Shares
बेलायत, ११ भदौं । भारतीय नागरिकहरुलाई दास बनाएर विभिन्न प्रताडना गर्ने बेलायतका पूर्व प्रधानमन्त्रीको परिवारले माफी मागेको छ ।
भारतीय र एसियाली नागरिकहरूलाई दास बनाउने पूर्व बेलायती प्रधानमन्त्री विलियम ग्लाडस्टोनका सन्तानले गत शुक्रवार गुयानामा आफ्नो परिवारको दासत्वको विगतका लागि माफी मागेको हो ।
“दासत्व मानवता विरुद्धको अपराध थियो,” विलियमका नाति चाल्र्स ग्लाडस्टोनले भने, “यो गहिरो शर्मको कुरा हो, दास बनाउने प्रथा मानव अधिकार विरुद्धका कार्य हो, हामी यस अपराधमा हाम्रो पुर्खाको संलग्नतालाई स्वीकार गर्दछौं र हार्दिक इमानदारीका साथ हामी माफी चाहन्छौं,” हाम्रो पुर्खाले गरिएको कार्यप्रति आफू लज्जित रहेको भन्दै उनले माफी मागे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट