चोरी तस्करीलाई नियन्त्रण गर्ने निकाय नै संलग्न हुँदा सीमाको हवीगत कस्तो होला ?

81 Shares
रौतहट, ११ भदौं । मुलुक आर्थिक संकटको समना गरिरहेको परिवेशमा सीमा क्षेत्रबाट भईरहेको चुहावटले राजस्व संकलन कार्य प्रभावित हुँदै गएका छन् ।
भारत संग सीमा जोडिएका मधेश प्रदेशका जिल्लाहरुबाट अबैध रुपमा सीमापारीको कारोवार गर्ने कारोबारीहरु दैनिक करोडौंका मालसामानहरु नेपाल भित्रयाई मुलुकको विभिन्न स्थानमा पुर्याउने गरेको छ तर उक्त कार्यमा सम्बध जिल्लाका सुरक्षाकर्मीहरुको सेटिंगमा कारोवारले निरन्तरता पाएका हुन् ।
मधेश प्रदेशको पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको भारत संग जोडिएका सीमाको चोर बाटो भएर कपडा, खाद्यान्न सामग्री, स्पेयर पार्टस, हार्डवेयरका सामान, टायलस, रासायनिक मल, कष्मेटिक समान लगायत विभिन्न सामानहरु दैनिक रुपमा नेपाल भित्रिदै आएको छ भने नेपालबाट मदिरा, कालो मरिच, मसुर, सेतो केराउ लगायतका समानहरु भारत तर्फ निकासी हुने गरेका छन् । ति तस्करहरु सुरक्षाकर्मी संग महिनावारी रुपमा रकम फिक्स गरेर कारोवारलाई व्यवसायीक्ता बनाएका छन् ।
रौतहटको भारत संग जोडिएका ३२ किलोमिटरमा सशस्त्र प्रहरीको पाँच वटा बेस क्याम्प र नेपाल प्रहरीको १० वटा नेपाल प्रहरीको सीमा प्रहरी चौकी रहेपनि दैनिक रुपमा लाखौं मूल्य बराबरको मालसामानहरु निर्वाध रुपमा नेपाल भित्रने गरेका हुन् ।
यसरी सामानहरु नेपाल भित्रदा सरकारी राजस्व निकै प्रभावित हुँदै आएको छ । रौतहट मात्रै नभई भारत संग सीमा जोडिएको हरेक जिल्लाको यही अवस्था रहेका छन् ।तस्करी नियन्त्रणको जिम्मेवारी लिएर बसेकाहरु पनि त्यसैमा रमाइरहेको हुँदा तस्करी नियन्त्रण हुन नसक्दा सरकारी राजस्व प्रभावित भएको एक जना पूर्व तस्करले आफनो नाम सार्वजनिक नगर्ने शर्तमा तराई टपलाई बताए ।
श्रोतका अनुसार सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल बने देखि घुमुवा प्रहरी हटाइएका थिए तर गोप्य रुपमा गणहरुले घुमुवाहरु मार्फत तस्करीको लाइन संचालन गराएर रकम असुल्दै आएको गम्भीर आरोप लगाए । सीमा क्षेत्रमा बसेर राजस्व चुहावट गरेर व्यक्तिगत रुपमा सम्पत्ती जोड्नेहरुलाई नै अहिले विभागले पत्याइ पदोन्नती गरियो । राजस्व चुहावट हुन नदिन सीमा खटिएका सशस्त्र प्रहरीहरु तस्करीको रकममा मौज गर्दा राज्यको नीति अनुसार कम नहुँदा पर्मोशन गरी पुस्कार दिएको ति श्रोतले सम्बध निकाय माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् ।
सशस्त्र प्रहरीका प्रमुखले तस्करी नभएको दाबी गर्दछन् । हामी संग हिड्नुस कहाँ तस्करी भईरहेको भन्नुस हामी रोक्न तयार छौं जस्ता जवाफ दिन्छन् । सीमावर्तीको चुहावटमा प्रदेश कार्यालय देखि लिएर प्रहरी युनिट सम्मका सेटिंगको कारण रौतहट सहित मधेश प्रदेशमा तस्करी नियन्त्रण गर्न निकै चुनौती देखिन्छ ।
तस्वीरः अभिमन्यु पटेलले पोष्ट गरेको समाजिक संजालबाट लिएको छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।