गाई जात्रा २०८० आज चन्द्रपुर स्थित अशोका होटेलमा अपरान्ह् ४ बजे देखि संचालन हुने

   ११ भाद्र २०८०, सोमबार १०:१५  

चन्द्रपुर, ११ भदौं । गाई जात्रा २०८० को भव्य रुपमा आज चन्द्रपुरको अशोका होटेलमा अपरान्ह् ४ बजे देखि हुन गइरहेको छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघद्वारा भदौं ११ गते अर्थात आज सोमवार गाई जात्रा कार्यक्रम भव्य रुपमा आयोजना हुँदैछ ।
अपरान्ह् ४ बजे देखि आयोजना हुन गइरहेको गाई जात्रा महोत्सवमा सहभागी हुने दर्शकहरुको ठूलो उपस्थिति हुने हुँदा सुरक्षा व्यवस्थाको समेत प्रबन्ध मिलाइएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव जनकराज भारतीले जानकारी दिए ।
उक्त महोत्सवलाई भव्य, सभ्य एवं आफनो प्रस्तुतीबाट गुञ्जमान बनाउनका लागि शैलेन्द्र सिम्खडा, मनोज गजुरेल, टिका भण्डारी, सुबोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने लगायतका हास्य कलाकारहरुको उपस्थिति हुने महासचिव भारतीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै