सितामढीमा भएको सिमा वैठकमा गौर वैरगनिया नाकालाई अझ सहज बनाउने र अपराधी गतिविधि माथि नियन्त्रण गर्ने सहमती

   २७ असार २०७८, आईतवार १६:५८  

तराई टपं संवाददाता
रौतहट, २७ असार । नेपाली सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारी विच दुई पक्षिय समन्वय बैठक शनिवार भारत विहारको सितामढीमा बसेको वैठकमा गौर बैरगनिया सिमा भएर पैदल ओहरदोहर गर्नलाई निकट भविष्यमा अझ सहज हुने भएको छ ।
दुवै देशका पदाधिकारीहरु विच भएको उक्त बैठकमा दुइपक्षिय सुरक्षा सम्बद्ध विविध मुद्दाहरुको वारेमा आपसी समन्वय अविवृद्धि गर्ने सम्बन्धमा छलफल गरियो । सिमा वारी पारीबाट हुने अपराधिक क्रियाकलाप घटाएर एक अर्कोको देशमा लुक्ने प्रवृतिलाई निरुत्साहित गर्ने, तस्करीको कार्य माथि अंकुश लगाउने, हातहतियार ओसार पसार गर्नेलाई दुवै अधिकारीहरुको समन्वयमा अपराधीलाई नियन्त्रणमा लिने, लागु औषध र मदिराको ओसार पसारलाई पूर्ण रुपमा बन्देज लगाउने बिषयमा गम्भीर छलफल भएको रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।


गौर नगरपालिका स्थित टिकुलिया गाउँको लाल बकैयाको पूर्वी बाँध मर्मत गर्ने कार्यमा भारतीय पक्षले देखाएको सहयोग प्रति धन्यवाद दिएको चर्चा गर्दै प्रजिअ यादवले बाढीको समयमा भारतीय बाँधमा पानी निकासको लागि बनाइएको सुलिस गेटबाट प्राकृतिक पानीको बहावलाई बन्द नगर्न त्यसलाई संचालनमा ल्याउने कुरा माथि भारतीय पक्ष सकारात्मक रहेको बताए ।
गौर बैरगनिया नाका भएर पैदल यात्रीहरुलाई लागि आवागमनलाई अझ सहज बनाउने कार्य माथि दुवै पक्षबाट सहमती जनाउदै एक अर्कोको सहयोग र सहकार्य एवं संवादबाट समस्याहरु हल गर्दै जाने बैठकमा सहमती भएको उनले भने । कोभिडको कारण काउण्टर पार्टस भंग भएको संवादलाई निरन्तता दिने प्रजिअ यादवले भने ।
उक्त काउण्टर पार्टसको वैठकमा प्रजिअ यादव सहित नेपाल प्रहरीका एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको उप निर्देशक मुकुण्ड खड्का तथा सितामढीको डिएम सुनिलकुमार यादव, एसपी हरकिशोर राय, एसएसबीको २० वि बटालियनको कमाण्डर सहितका सिमावर्ती क्षेत्र भारतको विभिन्न ब्लक र थानाको प्रभारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै