आईसीसी महिला टि–२० विश्वकप छनौटमा नेपालको विजयी सुरुआत

80 Shares
क्वालालाम्पुर, १४ भदौं । आईसीसी महिला टि–२० विश्वकप एसियाली क्षेत्रबाट छनौट प्रतियोगितामा नेपाली चेलीले विजयी सुरुआत गरेकी छिन् ।
नेपाली महिला टिमले मलेसियालाई पाँच रनले हराउदै छनौट प्रतियोगितामा विजयी सुरुआत गरेकी हुन् ।
नेपालले बिहीबार खेलेको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएका थिए । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर सीता राना मगरले अविजित ३८ रनको योगदान गरिन् । उनले ५४ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् । अप्सरी बेगमले १७ रन बनाइन् । लामो समय क्रिजमा टिकेकी उनले ३८ बलको सामना गरी एक चौका हिर्काएकी थिइन् ।
कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । उनले केवल १३ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन् । अरू खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु बर्मा शून्य रनमै पेभेलियन फर्किए । पूजा महतोले पाँच रन बनाइन् ।
मलेसियाका लागि आइना हमिजाह हासिमले दुई विकेट लिइन् । माहिराह इजाती स्माइल, आइस्या एलिसा र निक नुर एटेलाले एक—एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्घमले सर्वाधिक २८ रन बनाइन् । ओपनर आइना हामिजाह हासिमले १४ रन जोडिन् । मस एलिसाले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई—दुई विकेट लिए । कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले पनि एक—एक विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।