सुरक्षा परिषदको सदस्यमा भारतलाई नराख्ने राष्ट्र संघको विश्वसनियता माथि प्रश्न चिन्ह उठ्छः विदेशमन्त्री एस जयशंकर

67 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । दिल्ली विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ५० सदस्य राष्ट्र मात्र रहेका तर अहिले एक सय ९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरुप राष्ट्रसङ्घको संरचनामा परिवर्तन आवश्यक भएको बताए । उनले भिटो शक्तिमा निहित पाँच स्थायी सदस्यलाई यात्रीवाहक बसको पहिलो पङ्क्तिमा बस्ने यात्रीका रुपमा तुलना गर्दै उनीहरूले आफ्नो ठाउँ नछोड्ने बताए । अफ्रिकी, ल्याटिन अमेरिकी र जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो देश र पाँचौं ठूलो अर्थतन्त्रलाई भारतलाई सुरक्षा परिषदबाट बाहिर राख्न नसकिने तर्क गर्दै त्यस गरेमा संयुक्त राष्ट्रसङ्घकै  विश्वसनीयतामा प्रश्न उठ्ने विदेशमन्त्रीले दोहोर्‍याए । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सले सुरक्षा परिषद्को सदस्यता परिवर्तन गर्नुपर्छ भनेर पहिलोपटक बोलेको बताउँदै विदेशमन्त्री जयशङ्करले इतिहास भारतको पक्षमा रहेको र उक्त अन्तरराष्ट्रिय संस्थामा परिवर्तन आउने विश्वास व्यक्त गरे । “केही शक्तिले भारत सुरक्षा परिषद्को सदस्य नबनोस् भनेर हामीविरुद्ध लागे पनि एक दिन हाम्रो अवश्य विजय हुनेछ,” कुन शक्ति राष्ट्र भारतका विरुद्धमा लागेको हो भन्ने स्पष्ट उल्लेख नगरी उनले भने । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।