आदित्य–एल वन रकेट, उपग्रह तयार, आज काउन्टडाउन सुरु भएको छः इसरो

   १६ भाद्र २०८०, शनिबार ०९:४९  

नयाँ दिल्ली, १६ भदौं एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान ३ लाई सफल अवतरण पछि आज सुर्यमा आदित्य एल वन रकेट पठनउने तयारीको काउन्टडाउन सुरु भएको छ ।
इसरोका अध्यक्ष एस सोमनाथले सूर्यको अध्ययनका लागि अन्तरिक्ष एजेन्सीको आदित्य एल १ मिशनको रकेट र स्याटेलाइट पार्ट तयार भएको बताएको हो ।
इसरोले शुक्रबार दिउँसो १२.१० बजे मिसनको प्रक्षेपणका लागि २३ घण्टा ४० मिनेटको काउन्टडाउन सुरु गरेको थियो । हामी भर्खर प्रक्षेपणको लागि तयारी गर्दैछौं, हामीले मिसनको प्रक्षेपणको लागि सफल पूर्वाभ्यास पूरा गरेका छौं, उनले थपे । आदित्य एल १ सूर्यको लागि इसरो को पहिलो मिशन रहेको स्पष्ट पारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै