सर्वोच्चको फैसला विरुद्ध एमाले सडकमा ओर्लिएर प्रदर्शन गरे

   २८ असार २०७८, सोमबार १९:३२  

 

तराई टप संवाददाता
रौतहट, २८ असार । सर्वोच्च अदालतको फैसला पछि रौतहट सहित मुलुकभर सरकारको समर्थकमा प्रदर्शन भएको छ ।
रौतहटको गौरमा नेकपा एमाले समर्थित अनेरास्ववियु र युवा संघले प्रदर्शन गरेको हो । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना गरी संविधानको उपहास गरेको भन्द्र उनीहरु गौरमा प्रदर्शन गरेका छन् ।
गौरको विपि चोकमा अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा आजलाई होइन भोलीलाई, १० बर्ष ओलीलाई, केपी ओली ाइ लव यु भन्दै उनीहरुले प्रदर्शन गरेका छन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु देशैभरी सडक प्रदर्शनमा ओर्लिएको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रबी मिश्राले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै