बंगलादेशले अफगानिस्तानलाई ८९ रनले हराए

45 Shares
श्रीलंका, १८ भदौं । एसिया कप क्रिकेट प्रतियोगितामा आईतवार खेलिएको ग्रुप बी को म्याचमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले पराजित गर्यो ।
जारी प्रतियोगितामा बंगलादेशको यो पहिलो जित हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादेशी टोली श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो । समूह ‘बी’ मा अफगानिस्तानको भने यो पहिलो खेल थियो ।
टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बंगलादेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ३४ रनको विशाल योगफल तयार पारेको थियो । ठूलो लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ४४.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान मेहिदी हसन मिराजले सतकीय पाली खेलेका थिए । उनले एक सय १९ बलको सामना गरी तीन छक्का र सात चौकाको मद्दतले एक सय १२ रन बनाएका थिए । उनी ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिएका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोले पनि टोलीका लागि सतकीय योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले एक सय चार रन बनाए । उनले केवल एक सय पाँच बलको सामना गरी दुई छक्का र नौवटा चौका पनि हिर्काएका थिए । उनी रनआउट भएका थिए ।
ओपनर मोहम्मद नइम २८ रनमा पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले २५ रन बनाए भने कप्तान सकिब अल हसन ३२ रनमा अविजित रहे । समिम होसैनले पनि टोलीको खातामा ११ रन थपे । उनी रनआउट भई मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।