सर्वोच्च अदालतको फैसला संगै गणतन्त्रको जित भएको भन्दै काँग्रेस, माओवादी सहितको विपक्षी गठबन्धनद्धारा रौतहटभरी प्रदर्शन

तराई टप संवाददाता
रौतहट, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमलाई साथ दिने राष्ट्रपति विद्यादेवीको निर्णयलाई सर्वोच्च अदालतले सोमवार बदर गर्दै परमादेश जारी गर्दा नेपाली काग्रेस सहित विपक्षी गठबन्धनहरु जनताको विजय भएको भन्दै रौतहटभरी दिपावली गरेका छन् ।
सर्वोच्च अदालतका प्रधान न्यायाशिक चोलेन्द्र शम्शेर जवरा सहित संविधानिक इजलासले प्रधानमन्त्रीको कदमलाई साथ दिने राष्ट्रपतिलाई परमादेश जारी गर्दै संसद विघटनलाई दोश्रो पटक स्थापित गरी २८ घण्टा भित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरिएका हुन् ।
अदालतको फैसलालाई स्वागत गर्दै रौतहट सदरमुकाम गौर, गरुडा, चन्द्रपुर सहित जिल्लाको १८ वटै पालिकामा नेपाली काग्रेस सहितका विपक्षी गठबन्धनका नेता एवं कार्यकर्ताहरु दिपावली गरेर विजय उत्सव मनाइरहेका छन् ।विभिन्न स्थानहरुमा फटाका, आतिशबाजी गर्दै कार्यकर्ताहरु एक अर्कालाई बधाई दिइरहेको छ । गौरमा एमालेको माधव समुह, नेपाली काँग्रेसका मोहन यादव, माधवनारायणमा नितेशकुमार गुप्ता, चन्द्रपुरमा माओवादीका युवराज पौडेल (समिर), देवेन्द्र पटेल सहितका नेता एवं कार्यकर्ताहरुले प्रदर्शन गरे । जिल्लाको १८ वटै पालिकामा विपक्षी गठबन्धनद्धारा विजयउत्सव मनाईरहेको बताइएको छ ।