रौतहट, १८ भदौं । नक्कली कागजातहरु पेश गरेर एक जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ६ सखुअवा धमौराबाट भारतीय नागरिक मोहम्मद तैयवले नक्कली नेपाली कागजातहरु पेश गरेर नेपाली नागरिकता लिन सफल भएपछि उनी विरुद्ध नागरिकता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी परेको हो ।
भारतीय नागरिक भएपनि झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको भन्दै सोही गाउँमा मोवारक मिया कवाडीले उजुरी दिएको बुझिएको छ ।
भारत बिहार राज्यको पुर्वी चम्पारण जिल्ला जुवाफर गाउँ वडा नम्वर १ मा स्थायी बसोवास भएका रजक मियाको छोरा वर्ष ४१ को मोहमद तैयवले झुठा विबरण पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको बताइएका छन् ।
२०६४ साल बैशाख १४ गते गाँउमा खटिएको नागरिकता टोली प्रमुख नवराज चापागाँईले तैयवलाई नेपाली नागरिकता लिएको देखिन्छ । उनले नेपाली नागरिकता लिएको भएपनि हाल उनीसंग भारतीय नागरिकता, रासन कार्ड, भोटिङ आईडी सबै रहेको उजुरीमा उल्लेख रहेको छ ।
तैयवले श्रीमती र बाबुको समेत भारतीय नागरिक रहेको र उनी माथि हदै सम्मको कारवाहीको माग गर्दै उजुरी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले तैयवको नागरिकताको बिषयमा छानबिन सुरु भएको जिल्ला प्रशासन कार्यालय श्रोतबाट बुझिएको छ ।
यता चन्द्रनिगाहपुरमा समेत फर्जि कागजात पेश गरेर नेपाली नागरिकता बनाउन सहयोग गर्ने गिरोहनै सक्रिय रहेको छ । बिभिन्न जिल्लाबाट बसाई सराई ल्याएर मोटो रकम खर्च गरेर नेपाली नागरिकता बनाउनेहरु चन्द्रनिगाहपुरमा गिरोह नै सक्रिय रहदै आएका छन् । समयमै त्यता गिरोहको पहिचान गरेर कारवाहीको प्रक्रिया थालनी गर्नुपर्ने स्थानीयहरुले आवाज उठाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन