नेपाल भारत बीचको क्रिकेट म्याच हेर्न गौर नपा भित्रको सबै विद्यालय आधा दिन बन्द

   १८ भाद्र २०८०, सोमबार १३:३६  

रौतहट, १८ भदौं । एसिया कप एकदिवसिय क्रिकेट म्याच अन्तर्गत सोमवार हुने नेपाल भारत बीचको म्याच हेरेर नेपाली टिमलाई हौसला प्रदान गर्ने हेतु गौर नगरपालिकाले दिउसो २ बजे देखि विद्यालय बन्द गरेको छ ।
गौर नगरपालिकाको शिक्षा शाखा प्रमख उत्तमकुमार उपाध्यायद्वारा जारी गरिएको पत्रअनुसार विश्व प्रसिद्ध खेल क्रिकेट अन्तर्गत एसिया कपमा नेपाल पहिलो पटक प्रतिष्पर्धा गरिरहेको र आजको खेल मित्र राष्ट्र राष्ट भारत संग हुने भएको हँुदा स्कुले बालबालिकाहरु उक्त खेल हेरेर नेपाली टिम प्रतिको हौसला र जाँगरलाई वृद्धि गर्नका निमित्त दिउसो २ बजे देखि विद्यालय बन्द गरिएको हो ।
गौर नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु आज दिउसो २ बजे अर्थात टिफिन पछि विद्यालयमा हुने अध्ययन अध्ययापन स्थगित गरिएको हुँदा बालबालिकाहरुलाई विश्व स्तरको क्रिकेट म्याच हेरेर नेपाल प्रतिको मान सम्मानलाई बढाउन बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै