महिला टि २० क्रिकेटमा नेपालले कतारलाई ९ विकेटबाट पराजित गर्दै सेमिफाइनलमा प्रवेश

मलेसिया, १८ भदौं । महिला टि २० क्रिकेटमा नेपालको लागि सुखद खवर आएको छ ।
नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी महिला टि २० विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।
समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।