फेसबुक र इन्ष्टाग्राम चलाउदा शुल्क लाग्छ

   १८ भाद्र २०८०, सोमबार १४:२४  

के तपाई यदि फेसबुक र इन्ष्टाग्राम प्रयोग गरिराख्नु भएको छ भने तपाई यो समाचार पुरा पढ्नु होस् ।
मेटा कम्पनीको दुई ठुला सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्ष्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको हो । अब फेसबुक तथा इन्ष्टाग्राम चलाउनु हुन्छ भने पैसा लग्ने छ ।
मिडिया रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको छ । युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवा शुल्क लिने निधो गरेका छन् ।
मेटा कम्पनीको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्ष्टाग्राम मध्ये एउटा चलाउनका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम निःशुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइने छैन ।
फेसबुक तथा इन्स्टाग्रामको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिले सम्म खुलाइएको छैन । मेटाले युरोपमा सशुल्क सेवा सुरुआत गर्ने समाचारका विषयमा कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै