नेपाललाई पहिलो ब्याटिंगको आमन्त्रण गरे भारतले

   १८ भाद्र २०८०, सोमबार १५:०६  

केन्डी श्रीलंका, १८ भदौं । एसिया कपमा आज भारतले टस जितेर नेपाललाई ब्याटिंग गर्न आमन्त्रण गरेको छ ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।
श्रीलंकाको केन्डी स्थित पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ ।
भारतको प्लेइङ ११ ः रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।
नेपालको प्लेइङ ११ ः कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै