स्याबास नेपाली ब्याटर, दबाबमा राख्दै भारत सामु नेपालले २३१ को लक्ष्य राखे

रौतहट, १८ भदौं । नेपालको बैटरहरुले भारतलाई दबाबमा राख्दै शानदार प्रदर्शन गरेका छन् ।
एसिया कपको आज दोश्रो खेलमा भारतलाई नेपाली बैटेरहरुले दबावमा राख्दै नेपालले शानदार ब्याटिङ गर्दै भारत सामु २३० बनाएर २३१ रनको टार्गेट दिएका हुन् ।
एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।
अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।
ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।