अरुणाचलमा प्रदेशमा ‘स्टिल स्ल्याग’ बाट सडक बन्दै

67 Shares

नयाँ दिल्ली, एजेन्सी । द्रुतमार्गदेखि राजमार्गसम्म सबै प्रकारका सडक निर्माणमा सामान्यतया कंक्रिटको प्रयोग हुन्छ, तर भारत सरकारले अरुणाचल प्रदेशमा विशेष सडक निर्माण गरिरहेको छ, जुन सडक फलामको फोहोरबाट निर्माण भइरहेको छ । स्टिल उत्पादन गर्दा निस्कने फोहोरबाट बनेका यी सडकहरू सामान्य सडकभन्दा बलियो मात्र नभएर सस्तो पनि छन् । केन्द्रीय विज्ञान र प्रविधिमन्त्री जितेन्द्र सिंहले भारतले विश्वको सबैभन्दा नयाँ स्टिल रोड टेक्नोलोजी विकास गरेको बताएका छन् । अरुणाचल प्रदेशमा भारत–चीन सीमा नजिकै बलियो र अधिक टिकाउ सडक निर्माण गर्न स्टिल स्ल्याग प्रयोग भइरहेको छ ।सडक निर्माणको लागि स्टिल स्ल्याग प्रयोग गर्ने प्रविधि सीएसआईआर–केन्द्रीय सडक अनुसन्धान संस्थानद्वारा विकसित गरिएको हो । यस्तो प्रविधिबाट सडक निर्माण गर्दा दुईवटा ठूला फाइदा रहेको भारतीय समचार संस्था न्यूज १८ ले जनाएको छ । यस्तो प्रविधिबाट सडक निर्माण गरेको खण्डमा सडक मजबुत हुनुका साथै स्टिल प्लान्टबाट उत्पन्न हुने स्ल्यागको समस्या पनि समाधान हुनेछ । स्टिल स्ल्याग प्रयोग गर्ने सडकहरू परम्परागत सडकहरू भन्दा लगभग ४० प्रतिशत सस्तो र अझ टिकाउ पनि छन् । यस प्रविधिमा सडक निर्माण गर्दा रणनीतिक रुपमा संवेदनशील सीमा क्षेत्रमा भारी सवारीको आवागमनमा पनि सहजता हुने अपेक्षा गरिएको छ । अरुणाचल प्रदेशमा भारतको सीमा सडक संगठन बीआरओले अरुणाचलमा निर्माण गरिरहेको सडकमा प्रयोग हुने स्टिल स्ल्याग टाटा स्टिल उद्योगले निःशुल्क उपलब्ध गराएको बताइएको छ । भारतीय रेलवेले जमशेदपुरबाट अरुणाचल प्रदेशसम्म उक्त पदार्थ लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।