जी २० मा अफ्रिकन युनियन समावेश गर्ने, विश्वव्यापी मञ्चमा संयुक्त राष्ट्र संघको भूमिका, संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको दाबीः प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, १९ भदौं । प्रधानमन्त्री नरेन्द्र मोदीले देशको बदलिँदो पहिचानलाई संकेत गर्दै सन् २०४७ सम्ममा भारत विकसित राष्ट्र बन्ने बताएका छन् । यो कुरा केही दिन अघि प्रधानमन्त्रीले लाल किल्लाबाट सम्बोधनमा पनि भनेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा हुने जी–२० बैठक अघि समाचार एजेन्सी पीटीआईलाई अन्तरवार्ता दिएका छन् ।
विश्वका शीर्ष अर्थतन्त्रहरूको संगठन जी–२० को शिखर सम्मेलन सेप्टेम्बर ९–१० मा दिल्लीमा हुँदैछ ।
उक्त अन्तर्वार्तामा प्रधानमन्त्रीले भारतमा जी–२० शिखर सम्मेलन आयोजना गर्ने उद्देश्य, जी–२० मा अफ्रिकन युनियनलाई समावेश गर्ने प्रस्ताव, विश्वव्यापी मञ्चमा संयुक्त राष्ट्र संघको भूमिका, संयुक्त राष्ट्रमा भारतको दाबी लगायतका विषयमा कुरा गरेका थिए । राष्ट्रसङ्घीय सुरक्षा परिषद्, जैविक इन्धन, जलवायु परिवर्तनका लागि काम गर्नुपर्ने आवश्यकता, विश्वव्यापी ऋण संकट, केन्द्रीय बैंकको नीति, भारतको अर्थतन्त्र जर्मनी र जापानलाई उछिनेको, अतिवाद, अरुणाचल प्रदेश र कश्मीरका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो अन्तर्वार्तामा भारतको जी–२० को अध्यक्षताले गहिरो प्रभाव पारेको बताएका छन् । जी–२० अध्यक्षताले धेरै सकारात्मक प्रभाव पारेको छ । “यी मध्ये धेरै मेरो हृदयको धेरै नजिक छन् ।”
मोदीले भने कि भारतको जी–२० अध्यक्षताले यसलाई विचारको प्लेटफर्मबाट भविष्यको लागि रोडम्याप दिने प्लेटफर्ममा रूपान्तरण गरेको छ र विश्वव्यापी सहयोगको लागि मञ्च सिर्जना गरेको छ । उनले विश्व एजेन्डालाई आकार दिने यो ठूलो अवसर भएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय मूल्यमान्यतामा आधारित विश्वप्रतिको विश्वव्यापी दृष्टिकोणमा पनि जोड दिएका छन् ।
उनले यो पनि भने कि विश्वको परम्परागत जीडीपी–केन्द्रित दृष्टिकोण थप समावेशी र मानव–केन्द्रित दृष्टिकोण तर्फ अघि बढिरहेको छ र यस परिवर्तनमा “भारतले उत्प्रेरकको भूमिका खेलिरहेको छ ।”
भारत सरकारको प्रसिद्ध नारा ‘सबका साथ, सबका विकास’ लाई उल्लेख गर्दै उनले यसलाई विश्वव्यापी मञ्चमा पनि लागु गर्न भारत प्रतिबद्ध रहेको बताए । उनले भने, ’विश्वको कल्याण र विकासका लागि मार्गदर्शकको भूमिका पनि खेल्न सक्छ ।’
सन् २०४७ सम्म भारतको विकास हुनेछ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा भारत विकसित राष्ट्र बन्ने बताएका छन् । उनले भने, ‘हाम्रो राष्ट्रिय जीवनमा भ्रष्टाचार, जातीयवाद र साम्प्रदायिकतालाई कुनै स्थान हुँदैन ।
जी–२० मा भारतको भूमिका र महत्वलाई बुझाउँदै मोदीले भने, “विश्वले जी–२० मा हाम्रा शब्दहरू र दृष्टिकोणलाई भविष्यको लागि रोडम्यापको रूपमा हेर्छ, विचारको रूपमा मात्र होइन ।” प्रधानमन्त्री मोदीले भारतलाई अब भोको पेटको देश नभई काम गर्ने हातको देशको रुपमा हेरिएको पनि बताए ।
मोदीले भने, ‘धेरै समयसम्म भारतलाई १० करोड भोको पेटको देशको रूपमा हेरिन्थ्यो तर अहिले यो १० करोड महत्वाकांक्षी दिमाग र २० करोड दक्ष हात भएको देश हो ।
विश्वव्यापी मञ्चमा भारतको उदय
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका जनतासँग उपलब्ध अनौठा अवसरहरूको बारेमा पनि कुरा गरे र भारतका जनतासँग आज अगाडि बढ्ने थप अवसरहरू रहेको बताए ।
उनले भने, “भारतका जनतासँग आज विकासको जग बसाउने यस्तो ठूलो अवसर छ, जुन हजार वर्षपछि पनि याद रहनेछ ।”
भारत छिट्टै विश्वका तीन प्रमुख अर्थतन्त्रमा सामेल हुनेमा आफू विश्वस्त रहेको मोदीले बताए । उनले एक दशकभित्रै भारत पाँच स्थान उछाल्दै शीर्ष पाँच अर्थतन्त्रमा परेको बताए । उनले भने, “भारतको आर्थिक प्रगतिलाई नकार्न सकिँदैन र यो विश्वको सबैभन्दा ठूलो आर्थिक महाशक्ति बन्ने बाटोमा छ ।”
रुस र युक्रेनबीच चलिरहेको युद्धको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीति र संवादको महत्वमा जोड दिँदै भने, ‘विभिन्न क्षेत्रमा द्वन्द्व समाधान गर्ने माध्यम संवाद र कूटनीति हो ।
श्रोतः बीबीसी हिन्दी अनलाईन