धर्म परिवर्तन गराउने दुई क्रिश्चियनलाई कालोमोसो दलिए

धनुषा, १९ भदौं । धनुषा जिल्लामा हिन्दु धर्मलाई गलत रुपमा ब्याख्या गरेर क्रिश्चियन धर्म प्रति विश्वास जगाउने दुई जनालाई हिन्दु सम्राट समर्थक युवाहरुले कालोमोसो दलेका छन् ।
धनुषा जिल्लाको जनकपुरधामको परिक्रमा रोडमा क्रिश्चियन धर्मको प्रचार गरिरहेको अवस्थामा एक महिला र एक पुरुषलाई हिन्दु सम्राट सेनाका युवाहरुले कालोमोसो दलेका हुन् ।
सनातन हिन्दु धर्म मान्ने गरिव बस्तीका व्यक्तिहरुलाई वर्गलाएर, पैसाको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कार्यमा सक्रिय जानकारी पाउना साथ हिन्दु सम्राट सेनाका अमित राउतका नेतृत्वमा पुगेर धर्मान्तरण हुनबाट जागाउदै तिनीहरुलाई कालोमोसो दलिएको बताइएको छ ।
हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् । अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । महिला र पुरुषलाई अहिले ल्याइएको हुँदा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।