श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णधाम मत्सरीबाट रथ यात्राको तयारी पुरा

   १९ भाद्र २०८०, मंगलवार १८:२६  

रौतहट, १९ भदौं । भद्र कृष्ण अष्टमी तिथि अर्थात कृष्ण जन्माष्टमीका दिन भव्य रुपमा रथ यात्रा, किर्तन सहितको शोभा यात्राको सम्पूर्ण तयारी पुरा भईसकेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी कृष्णधामबाट निस्कने रथ यात्रामा किर्तन, भजन, कृष्णभक्ति सहितका झाकी सहित भव्य रुपमा शोभा यात्राको सम्पूर्ण तयारी पुरा भएको आयोजक विरु सरस्वतीले जानकारी दिएको हो ।
भोली अर्थात २० गते बुधवारका दिन भगवान श्री कृष्णको जन्म दिनको अवसरमा कृष्णधामबाट निस्कने उक्त शोभा यात्रा रामजानकी हुँदै, दुर्गा मन्दीर भएर पालिकाको पाँचै गाउँमा यात्रा हुने भएको हुँदा समस्त कृष्णभक्त एवं श्रद्धालु भक्तजनहरुलाई उक्त यात्रामा सहभागी हुन आयोजनाकर्ता विरु सरस्वतीले हार्दिक रुपमा आमन्त्रण गरेका छन् ।
उक्त रथ एवं शोभा यात्रामा निशुल्क रुपमा हनुमान चलिसा र गिता वितरण गरिने उनले जानकारी दिदै भोलीको कार्यक्रममा सम्पूर्ण दुर्गा भगवती गाउँपालिका सहित अन्य पालिकाको श्रद्धालु भक्तजनहरुको उपस्थितिको लागि हार्दिक अपिल गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै