67
Shares
सर्लाही, २० भदौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बुधबार बिहानै पोखरीमा पानी पटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भरको छ ।
चन्द्रनगर गाउपालिका वडा नम्वर २ स्थित पोखरीमा माछापालन गरिरहेको आफनै पोखरीमा पानी पटाउन गएका ईश्वरपुर नगरपालिका–३, का ४० वर्षीय कौशलकिशोर चौधरीको करेन्ट लागेर हाज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
आज बिहान ७.३० बजेको समयमा पानी तान्ने मोटर चलाएर पानी पटाउन खोज्दा करेन््ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि बयलवास स्थित अमृत हेल्थ केयरमा ल्याऊँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिए ।
घटना सम्बन्धमा आकवश्यक अनुसन्धान भइरहेको तथा मृतक चौधरीको शवलाइ पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवप ल्याइएको सर्लाही प्रहरीका प्रवक्त एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट