zoom download kostenlos windows 10 download zoom hack app - apphax install zoom app on windows 10 download zoom manjaro zoom 5.2.0 download

ट्रेक्टर दुर्घटनामा परेर २ को मृत्यु २ गम्भीर घाईते

   २९ असार २०७८, मंगलवार १५:५१  

तराई टप संवाददाता
रौतहट, २९ असार । देवाही गोनाही नगरपालिका स्थित लाल बकैयाको बाँधबाट सोमवार राति ट्रेक्टर पल्टेर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।
धान रोपाईको लागि खेत जोतेर गएराति ११.५५ बजेको समयमा घर तर्फ फर्किदै गर्दा देवाही गोनाही नगरपालिका ४ स्थित लाल बकैया नदीको पूर्वी बाँधबाट ट्रेक्टर पल्टीदा कोविन्द्र पटेल र गोविन्द पटेलको चेपिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
ना४त १५०७ नम्बरको ट्याक्टर दुर्घटना हुदा उक्त ट्याक्टरमा सवार ४ जनामध्ये २ जना नदी पारी पश्चिमी टोलका दुई जनाको मृत्यु भयो भने राकेश पटेल सहित दुई जनाको अवस्था गम्भीर हुदा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज तर्फ लिएको र हाल सम्म अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको बताइएको छ ।
रातिको समय भएको हुँदा ट्रेक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट पत्ता लागेको प्रवक्त एवं डिएसपी नारायाण प्रसाद चिमरियाले बताए । मृतक दुवैजनाको शव गौर अस्पतालमा पोष्टमार्टम गरी परिवारजनलाई अन्तिम संस्कारको लागि शव बुभाएको डिएसपी चिमरियाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै