चीनले सरकारी अधिकारीहरूलाई काममा आईफोन प्रयोग गर्न प्रतिबन्ध लगायो

वेइजिंग, एजेन्सी । चिनियाँ सरकारले सरकारी अधिकारीहरुलाई कामकाजको समयमा आईफोनको प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट प्राप्त भएको छ ।
चीनले सरकारी अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका उपकरणहरू काममा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।
चिनियाँ सरकारद्धारा जारी गरिएको उक्त प्रतिबन्धको आदेशलाई वाल स्ट्रीट जर्नलले यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । प्रतिवेदनमा एप्पल बाहेक अन्य फोन निर्माताहरूको नाम नआए तापनि हालका हप्ताहरूमा उच्च अधिकारीहरूले आफना कर्मचारीहरूलाई प्रतिबन्धको आदेश दिएका थिए ।