नेपाल समक्ष जितका लागि थाइल्याण्डले १०६ रनको लक्ष्य राखे

मलेसिया, २२ भदौं । मलेसियामा जारी रहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनौटमा थाइल्याण्डले नेपाल सामु जीतको लागि १०६ लक्ष्य राखेको छ ।
मलेसियाको बांगी स्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो । सुरूमै विकेट गुमाएपछि कमजोर सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाउन सफल भए । नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।
खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन् । तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।
१७ औं ओभरमा पूजा महतोले काजल श्रेष्ठबाट क्याच आउट गराउँदै यो साझेदारी तोडिन् । चान्यमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।