94
Shares
सर्लाही, २२ भदौं । वैदेशिक रोजगारीमा पठाएर विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हरिवन नगरपालिक वडा नम्वर ११ का ४० बर्षीय मिन बहादुर कार्कीलाइ बैदेशिक रोजगारी जानेहरु संग विभिन्न प्रलोभन देखाड़ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीमाथि सर्लाही जिल्लाका विभिन्न स्थानका १३ जनालाइ विभिन्न विदेशमा पठाइदिने भनेर ८७ लाख नगद ठगी गरेको गम्भीर आरोप लगाएका छन् । कार्की विरुद्ध बैदेशिक रोजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । कार्कीलाई आवश्यक कारवाहीका लागि काठमाडौं पठाउने तयारी भडरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन