बलात्कारको शिकार बनेकी महिला न्यायको लागि गुहार लगाइन

   ३१ असार २०७८, बिहीबार १६:४८  

तराई टप संवाददाता
रौतहट, ३१ असार । देवाही गोनाही नगरपालिकामा गत ११ दिन अघि बलात्कृत भएकी महिलाले सरकारी वकिल समक्ष न्यायको लागि गुहार लगाएकी छिन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ७ उचिडिह गाउँको एक २७ बर्षिया दलित महिला संग असार २३ गते दिउसो सोही गाउँका ५० बर्षिय नागेश्वर कुश्वाहाले धाक धम्की देखाउदै बलात्कार गरेको उनले भनिन । “घर बनाउनको लागि गिटी बालुवा किन्न कुरा गर्न गरुडा आएर घर फर्किन लाग्दा कुश्वाहाले मोटरसाइकलमा बस घर पुर्याइदिन्छु भनेर बसाएर गरुडामा रहेको झाझ खोलाको उत्तर तर्फ बाँसघारीमा लगेर ज्यान मारिदिने धम्की दिएपछि आफू किं कत्र्तव्यविमुख हुँदा बलात्कार गरेको पिडितले बताइन् ।”
“बलात्कृत महिला घर पुगेर रुदै गर्दा सासु, श्रीमानले सोध्दा सासुलाई आफू संग घटेको घटना सुनाएपछि परिवारजनले पिडक कुश्वाहा विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा असार २४ गते किटानी जाहेरी दिए ।” किटानी जाहेरी दिएकै दिन प्रहरीले पिडक कुश्वाहालाई पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ५ र ७ दिन गरी दुई पटक म्याद थप गरी अनुसन्धान गरिरहेको इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।
पिडित महिलाको किटानी जाहेरीको आधारमा पिडकलाई पक्राउ गरी कारवाही प्रक्रियामा लगिएको र महिलाको स्वास्थ्य परिक्षण गराएर वयान रेकर्ड गरिएको हुदा यसमा पिडित पक्षले आशंका गर्ने कुनै ठाउ नै नरहेको बताउदै डिएसपी भण्डारीले जबरजस्ती करणी जस्तो जघन्य अपराधमा प्रहरी माथि विश्वास गर्नुपर्ने पिडित पक्ष संग आग्रह उनले गरे । चाँडै अनुसन्धान प्रक्रिया पुरा गरेर सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा जाने समेत उनले स्पष्ट पारे ।
पिडित महिलालाई लिएर विहिवार देवाही गोनाही नगरपालिकाको उपमेयर परनिया देवी पटेल, वडाध्यक्षहरु, यमुनामाई गाउँपालिकाको उपाध्यक्ष गितादेवी साहको टोलीहरु सरकार परिवर्तनबाट न्याय प्रणालीमा पिडकद्धारा असर त पार्दैन भन्दै उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक संग छुटाछुटै भेट गरी पिडकलाई कानुन बमोजिम कारवाही गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले घटना भए लगतै पिडकलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको बताउदै महिला र बालबालिकाको केसमा प्रहरीले जिरो टोलेरेन्समा काम गरिरहेको हुँदा प्रहरीको अनुसन्धान माथि आशंका व्यक्त नगर्न आग्रह गरे । बाहिर के भन्छ त्यो हामीलाई कुनै मतलव छैन तर पिडितालाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता उनले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै