श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउन जाँदा दुई समुदाय बिचको झड्प अवस्थालाई नियन्त्रणमा लिन शनिवार अपरान्ह् ५ बजे देखि मलंगवामा निषेधाज्ञा जारी
तराई टप
२३ भाद्र २०८०, शनिबार १६:५७

मलंगवा नगरपालका वडा नम्वर ३ भएर श्रीकृष्ण जन्माष्टमीको मुर्ती सेलाउन (विसर्जन) गर्न जाँदा दुई समुदाय विच शुक्रवार साँझ दोहोर झड्प भएका थिए । शनिवार विहानै देखि प्रदर्शनहरु पुनः उग्र रुप लिएपछि आज अपरान्ह् ५ बजे देखि आईतवार विहान ८ बजे सम्मका लागि मलंगवामा निषेधाज्ञा जारी गरे जिल्ला प्रशासन कार्यालय सर्लाहीले । निषेधाज्ञाको उलंघन गरे प्रचलित कानुन अनुसार कारवाही हुने स्थानीय प्रशासनको चेतावनी ।
सर्लाही, २३ भदौं । सर्लाही सदरमुकाम मलंगवामा श्रीकृष्ण जन्माष्टमीको मुर्ती सेलाउने क्रममा दुई समुदाय बिचको विवाद उग्र रुप लिई झड्प नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले शनिवार अपरान्ह् ५ बजे देखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा बजार क्षेत्र भरी आज अपरान्ह् ५ बजे देखि आईतवार विहान ८ बजे सम्म निशेधाज्ञा जारी गरेको हो । निशेधाज्ञालाई उलंघन गरेर कानुन बमोजिम कारवाही हुने चेतावनी दिएका छन् ।
दक्षिणमा नेपाल भारत सिमाना पूर्वमा झिम नदी पश्चिम मुसौली र बाबा पेट्रेल पम्पको एरिया मित्र आज अपरान्ह् ५ बजे देखि भोली विहान ८ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको सर्लाही प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
श्रीकृष्ण जन्माष्टमीको मुर्ति लिएर सेलाउन (विजर्सजन) गर्न जाँदा वडा नम्वर ३ मा दुई समुदाय विच झड्प भई उग्र रुप लिएका थिए । प्रहरीको निकै प्रयास पछि गएराति आवस्था सामान्य बनेपनि आज विहानै देखि अवस्था उग्र बन्दै गएपछि बाध्यात्मक कदम जिल्ला प्रशासन कार्यालय मलंगवालाई उठाउनु परेको एसपी सुवेदीले भने ।
श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा दुई समुदाय विच झडप
शुक्रवार बेलुकी कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा दुई समुदाय विच झड्प भएका थिए । सोही झड्पको विषयलाई लएर उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीको आदेशमा सुरक्षाकर्मीले १६ राउण्ड टियरग्यास र एक राउण्ड गोली हवाई फायर गरेर राति अवस्थालाई नियन्त्रणमा लिएका थिए ।
तर शनिवार विहानै देखि हिजोको घटनालाई लिएर मलंगवा नगरको विभिन्न स्थानहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरु ढुंगामुढा गर्न थालेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन हम्मे हम्मे परेका छन् । आज विहानै दुबै सुमदायका अगुवाहरुलाई राखेर धार्मिक सदभावमा खलल नपुर्याउन र शान्ति बहाल गर्नमा स्थानीय प्रशासनलाई साथ दिन भनिएपछि अवस्था झन्ै उग्र बन्दै जाँदा बाध्य भएर सदरमुकाम मलंगवामा निशेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले सम्भावित स्थलमा अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मलंगवाको नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्ती र सडकहरुमा समेत प्रदर्शन र ढुंगामुढा भडरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहदा निषेधाज्ञा जारी गरिएको बताइएका छन् ।
दुई पक्षिय झड्पबाट सम्पूर्ण पसल, व्यवसाय बन्द छन भने प्रदर्शनकारीबाहेक अन्य मानिसको चहलपहल छैनन भने मलंगवा भएर चलने छोटो दुरीका यातायातका साधन संचालन हुन सकेका छैनन् । भने संघिय राजधानी सहित अन्य स्थान सम्ममा चल्ने लामो दुरीका सवारी साधनलाई प्रहरी स्कटिंगमा मलंगवाबाट नवलपुर राजमार्ग सम्म पठाई अपरान्ह् ५ बजे देखि निषेधाज्ञा जारी गरिने प्रहरीद्धारा मलंगवा भरी माइकिंग गरिएको सुरक्षा श्रोतबाट बुझिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै