zoom win 10 64 bit download zoominfo engage review webinar zoom download how do i update my zoom app zoom meeting uk login join meeting - zoom meeting uk login join meeting

चिनले सिमाक्षेत्रमा एकतर्फी रुपमा परिवर्तन गर्ने कार्य भारतलाई स्वीकार्य नहुने

   ३१ असार २०७८, बिहीबार १७:३२  

रौतहट, ३१ असार । भारतीय अधिकारीले चिनलाई सिमाक्षत्रेमा एकतर्फी परिवर्तन गर्ने कार्य स्वीकार्य नहुने बताएको छ ।
बुधवार ताजिकिस्तानमा चलिरहेको साँघाई को–अपरेसन अर्गनाइजेसनका सदस्य राष्ट्रहरुको विदेश मन्त्रीहरु बैठककै क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले चिनियाँ विदेश मन्त्री संगको भेटमा उक्त कुरा स्वीकार्य नहुने बताए ।
भारत र चिन विच गत वर्ष लद्दाखमा तनाव कम गर्ने सहमति भए पनि अझै गतिरोध जारी रहेको जयशंकरले बताए । सन् २०२० को अप्रिल यता चीन र भारत दुवैले हजारौं सेना लद्दाख स्थित सीमा क्षेत्रमा खटाएका छन् । विशेषगरी सीमावर्ती ताल पाङयाङ तालमा धेरै सैनिकहरु खटाइएको छ । दुई मुलुकको तनाव पुनः बढ्न सक्ने आशंका बढेको छ । गत महिना भारतीय सञ्चारमाध्यमहरुले भारतले सीमा क्षेत्रमा पछिल्लो केही महिनामा थप पाँच हजार सेना परिचालन गरेको बताएका थिए ।
हिजोको भेटघाटमा भारत र चीन दुवै मुलुकका विदेशमन्त्री दुवै पक्षलाई स्वीकार्य हुने किसिमको समाधान खोज्नुपर्नेमा सहमत भएका छन् । एकतर्फी रुपमा सीमा क्षेत्रमा कुनै पनि किसिमको कदम नचालिने वार्ता पछि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जाल ट्वीटरमा भारतीय विदेशमन्त्री जयशंकरले एक घण्टासम्म चलेको उक्त बैठकमा सीमा विवाद लगायतका विषयमा छलफल भएको जानकारी दिएका थिए ।

न्यूज एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै