माधव समुहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरे

   ३१ असार २०७८, बिहीबार १७:४०  

तराई टप संवाददाता
काठमाडौं, ३१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह संग आबद्ध रहेका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् ।
तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई प्रतिकार गर्न अखिल फोर्स गठन गरिएको बताए । “युथ फोर्सका नाममा हाम्रा नेताहरुलाई धम्क्याउन थालिएको छ, त्यसका विरुद्ध हामीले अखिल फोर्स बनाएका हौं,” पराजुलीले स्पष्ट पारे ।
अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध संघर्ष गर्नुका साथै नेताहरुको सुरक्षामा खटिने छ । “कथित साइबर सेनाको नाममा हाम्रो नेताहरुको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको हुँदा अखिल फोर्सले त्यस विरुद्ध लड्छ पराजुलीले जानकारी दिए ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै