“म हिन्दु हुनुमा गर्व गर्दछु”–बेलायती प्रधानमन्त्री ऋषि सुनक

   २४ भाद्र २०८०, आईतवार १५:३७  

नयाँ दिल्ली, २४ भदौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले मलाई हिन्दु हुनुमा गर्व उनलाई भारतमा भव्य रुपमा स्वागत गरिएको छ ।
उनी श्रीमती सहित जी–२० शिखर सम्मेलनमा भाग लिन भारत आइपुगेको हो । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।
एक सन्दर्भमा मलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साहित हुँदै भने, ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उनले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरे । बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आईपुगेका थिए ।
भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने, ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु, म यस्तै छु, आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै