रौतहट, २४ भदौं । जन नायक विपी कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटले प्रादेशिक अस्पताल गौरमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका छन् ।
आईतवार विहानै नेपाली काँग्रेस रौतहटका सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादवको नेतृत्वमा नेता एवं कार्यकर्ताहरु प्रादेशिक अस्पताल गौरमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्दै उनीहरुको अवस्था वारे जानकारी लिएका थिए ।
बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा प्रदेश साँसद इन्दुकुमारी साह, जिल्ला समान्य समितिको सभापति राम अयोध्या यादब, माध्वनारायण नगरपालिकाको मेयर बैजु यादब, दुर्गा भगवती गाउँपालिकाको पूर्व अध्यक्ष अरुण साह, नेपाल महिला संघ को सभापति महिला नेतृ अन्जु झा, नेपाल मुस्लिम संघ को जिल्ला सभापति मो अब्दुल्लाह, मुस्लिम संघ मधेस प्रदेशको कोषाध्यक्ष डाक्टर सर्फराज तैयब, क्षेत्रीय सभापति श्री राम यादव, गरुडा नगरपालिकाको मेयर प्रत्याशी सुनिल यादब, नेपाली काँग्रेस गौर नगर सभापति मोहन यादव, युवा नेता चिरञ्जीवी सिंह सहितका जिल्ला स्तरिय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट