प्रधामन्त्री देउवा संग अमेरिकी राजदूत बेरीको भेटवार्ता

   ३१ असार २०७८, बिहीबार १७:५३  

तराई टप संवाददाता
काठमाडौं, ३१ असार । नवन्यूक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत र्यान्डी बेरी विच भेटभावर्ता भएको छ ।
प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठ स्थित घरमा आज उक्त भेटघाट भएको बताइएको हो । आज विहानै देउवा निवास पुगेका अमेरिकी राजदूत बेरी विच भएको भेटवार्ताको क्रममा धेरै कुरा भएपनि बाहिर सार्वजनिक भएको छैनन् । प्रधानमन्त्रीमा देउवा नियुक्त भए लगतै अमेरिकी राजदूत बेरी ट्वीट गर्दै नेपाल अमेरिका विच मित्रता र साझेदारीलाई थप बल पुग्ने तथा सुदृढ हुने बताए । प्रधानमन्त्री पदको सपथ लिएकै दिन फोनबाट उनलाई राजदूत वेरीले बधाई दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै