बाँके, २५ भदौं । बाँके जिल्लाको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय दाङ्ग जिल्लाको अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई सोमवार विहान नेपालगन्ज एयरपोर्टबाट २६ लाख नगद रकम सहित नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको हो ।
अधिकृत सापकोटा विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीे टोलीले सापकोटालाई आज बिहान ८.४५ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।
सापकोटा विहान श्री एयरको उडान मार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए तर उनी भने फरार भएका छन् । ति व्यक्तिको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन