एसिया कपमा भारत सामु पाकिस्तानको शर्मनाक हार

83 Shares
कोलम्बो, २६ भदौं । एसिया कपमा भारत सामु पाकिस्तानको शर्मनाक हार बेहोर्नु परेको छ ।
एसिया कप क्रिकेटको सुपर फोरको चरणमा चिरप्रतिद्धन्दी भारत र पाकिस्तान बीचको निर्धारित खेलमा बर्षा बाधक बनेपछि रिजर्फ डे मा भारतले पाकिस्तानलाई शर्मनाक हार वेहोर्न बाध्य बनाएको हो ।
सोमवार मध्य राति सम्पन्न भएको खेलमा पाकिस्तानलाई २२८ रनको विशाल अन्तरबाट पराजित गर्दै भारत अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । भारतको तर्फबाट ओपनर सलामी बल्लेबाज रोहित शर्मा र शुभमन गिलको १२१ रनको साझेदारीबाट पाकिस्तानलाई ब्याकफुटमा धकेल्न बाध्य बनाए । १२३ रनमै दोश्रो विकेट गुमाएको भारतले निर्धारित ५० ओभरमा विराट कोहली र केएल राहुलको सतकिय पारीको बदौलत ३५६ रनको विशाल स्कोर खडा गरेका थिए ।
विराठ कोहली १२२ र केएल राहुल १११ रनमा अविजित रहदै पाकिस्तानलाई ३५७ रनको लक्ष्य पाकिस्तान सामु राखेका थिए । ओडिआई रैकिंगमा विश्वको नम्वर वन टिम पाकिस्तानको खेलाडीहरु भारतीय बलर जसप्रित मुम्राहको बलिंगबाट निकै दवावमा परे । जसप्रितले १, हार्दिक पाण्डया १, सहदुल ठाकुर १ र स्पीनर कुलदिप यादवले ५ विकेट लिदै पाकिस्तान ३२ ओभरमा १२८ रन मात्रै बनाए । पाकिस्तानको दुई जना खेलाडी चोटको कारण खेल्न नसक्दा भारत २२८ रनको विशाल रनबाट विजयी भए ।
भारत पाकिस्तान म्याचको विश्लेशन 
आइतबार पाकिस्तानले टस जिती पहिलो बलिङको निणर्य लिएको थियो । भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । लामो समय वर्षा नरोकिएपछि उक्त खेल सोमबारका लागि सारिएको थियो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले भारत र पाकिस्तानबीचको खेलका लागि ‘रिजर्भ डे’ को ब्यवस्था गरेको थियो । एसीसीले ‘रिजर्भ डे’ को सुविधा भारत र पाकिस्तानबीचको खेलका लागि मात्र उपलब्ध गराएपछि सहभागी अन्य टोलीले असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।
आइतबार खेल स्थगित हुँदा भारतका लागि विराट कोहली अविजित आठ र केएल राहुल अविजित १७ रन बनाउँदै क्रिजमा थिए । त्यसअघि ओपनर ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले भारतका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । कप्तान रोहित शर्मा ५६ रन बनाउँदै पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ४९ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काएका थिए ।
यसैगरी शुभमन गिल ५८ रन बनाउँदै दोस्रो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ५२ बलको सामना गरी १० वटा चौका हिर्काएका थिए । आइतबार रोकिएकै अवस्थाबाट सोमबारको खेल अगाडि बढाइएको थियो ।
श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर प्रेमादासा रङ्गशालामा सोमबार पनि वर्षाका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । खेल सुरु भएपछि पनि पाकिस्तानको पालीमा पुनः खेल केही समय वर्षाका कारण अवरुद्ध बनेको थियो ।
अघिल्लो दिन अविजित रहेका भारतका दुबै ब्याट्सम्यान केएल राहुल र विराट कोहलीले सोमबार सतक पुरा गरेका थिए । केएल राहुल र कोहलीको सतकको मद्दतले भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो ।
केएल राहुलले टोलीका लागि अविजित एक सय ११ रनको योगदान गरे । उनले एक सय ६ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । ३१ वर्षीय केएल राहुलले एकदिवसीय क्रिकेटमा बनाएको यो छैटौं सतक हो । उनले एकदिवसीय क्रिकेटमा १३ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय १२ रन हो ।
यसैगरी भारतीय टोलीका पूर्वकप्तान कोहलीले अविजित एक सय २२ रन बनाए । उनले केवल ९४ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए ।  ३४ वर्षीय कोहलीको एकदिवसीय क्रिकेटमा यो ४७ औं सतक हो । एकदिवसीय क्रिकेटमा उनले ६५ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय ८३ रन हो ।
कोहली एकदिवसीय क्रिकेटमा १३ हजार रन पुरा गर्ने पाँचौं खेलाडी पनि बनेका छन् । पालीका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् । यो खेलअघि कोहलीले दुई सय ६६ पाली खेल्दै कुल १२ हजार नौ सय दुई रन बनाएका थिए ।
भारतले अतिरिक्त रुपमा नौ रन पाएको थियो । पाकिस्तानी टोलीका बलर साहिन शाह अफरिदी र सदाब खानले एक—एक विकेट लिएका थिए । आइतबारको खेलमा क्रममा आफ्ना तीव्र गतिका बलर ह्यारिस रउफ घाइते भएपछि सोमबार पाकिस्तान केही दबाबमा परेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२ ओभरमा एक सय २८ रनमात्र बनाउन सक्यो । पाकिस्तानले पालीको गतिलो सुरुआत गर्न सकेन । पाकिस्तानले टोलीको स्कोर ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । पाकिस्तानका ओपनर ब्याट्सम्यान इमाम उल हक नौ रन बनाएर आउट भए । उनी आउट हुँदा पाकिस्तानले केवल १७ रन बनाएको थियो ।
उनलाई भारतीय बलर जसप्रित बुमहारले शुभमन गिलद्वारा क्याच गराएका थिए । दोस्रो विकेटका रुपमा कप्तान बाबर आजम पेभेलियन फर्किए । उनलाई १० रनको ब्यक्तिगत स्कोरमा हार्दिक पाण्डेयाले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले ४३ रन बनाएको थियो ।
यसैगरी तेस्रो विकेटका रुपमा मोहम्मद रिजवान आउट भए । उनी केवल दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई सार्दुल ठाकुरले केएल राहुलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा पाकिस्तानले ४७ रन बनाएको थियो ।
चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान फाखर जामन २७ रन बनाउँदै आउट भएका थिए । उनलाई कुलदिप यादबले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले ७७ रन बनाएको थियो । पाँचौं विकेटका रुपमा आघा सलमान २३ रन बनाउँदै आउट भए । उनलाई कुलदिप यादबले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा पाकिस्तानले ९६ रन बनाएको थियो ।
यसैगरी छैटौं विकेटका रुपमा सदाब खान आउट भए । उनलाई ६ रनका ब्यक्तिगत स्कोरमा कुलदिप यादबले सार्दुल ठाकुरद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय १० रन बनाएको थियो । सातौं विकेटका रुपमा इफ्तिखार अहमद २३ रन बनाउँदै आउट भए । उनलाई कुलदिप यादबले आफ्नो बलिङमा आफैले क्याच गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय १९ रन बनाएको थियो ।
यसैगरी आठौं विकेटका रुपमा फाहिम असरफ पेभेलियन फर्किए । उनलाई चार रनको ब्यक्तिगत स्कोरमा कुलदिप यादबले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय २८ रन बनाएको थियो । नसिम शाह र ह्यारिस रउफ घाइते भएका कारण ब्याटिङ गर्न नै आएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।