देउवा मन्त्री परिषदको पहिलो बैठकबाट जनमुखी निर्णय, एक बर्ष भित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने

   ३१ असार २०७८, बिहीबार १८:०४  

तराई टप संवाददाता
काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मन्त्रिपरिषदको बैठकबाट यही बर्ष सम्पूर्ण नेपाली नागरिकलाई कारोनाको खोप लगाइसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बनेपछि देउवा पछि विहिवार बसेको पहिलो मन्त्री परिषदको निर्णयबाट सम्पूर्ण नेपाली नागरिकलाई यही बर्ष खोप लगाइसक्ने निर्णय गरेको हो । पाँच सदस्यीय मन्त्रीपरिषदको वैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोकिएको छ ।
पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्त भित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए । कोरोना विरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साता भित्र उपलब्ध गराउने पनि मन्त्रि परिषदले निर्णय गरेको उनले जानकारी दिए ।
मन्त्री कार्कीका अनुसार कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न एक साता भित्र विशेष प्याकेज ल्याउने उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै