नोभेम्बरलाई अमेरिकी काउन्टीमा ’हिन्दू सम्पदा महिना’ घोषणा गरियो

वासिंगटन, एजेन्सी । अमेरिकाको काउन्टीमा नोभेम्बर महिनलाई हिन्दु सम्पदाको महिना भएको घोषणा गरिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीले हिन्दु धर्मलाई विश्वको सबैभन्दा ठूलो र पुरानो धर्मको रूपमा स्वीकार गर्दै नोभेम्बर महिनालाई ‘हिन्दू सम्पदा महिना’ घोषणा गरेको हो ।
“योग, आयुर्वेद, ध्यान, खाना, संगीत, कला र थपको हिन्दू योगदानले सांस्कृतिक संरचनालाई समृद्ध बनाएको छ र अमेरिकी समाजमा व्यापक रूपमा अपनाएको छ र लाखौंको जीवनलाई समृद्ध बनाएको छ,” प्रस्तावमा भनिएको छ ।