रौतहट, २७ भदौं । गैर नागरिकलाई नेपाली नागरीकता बनाउनमा भुमिका खेल्ने एक जना बिचौलिया व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुरमा फलफुलको व्यापार व्यवसाय संचालन गर्दै आएका एक भारतीय नागकिलाई नेपाली नागरिकता बनाइदिने कार्यमा संलग्न नैमुद्दिनलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रपुरको टेकानटोल जाने बाटोमा फलफुल र अण्डाको व्यापारी नैमुद्धिनलाई सर्लाही प्रहरीको पत्रको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरले पक्राउ गरेर सर्लाही प्रहरीलाई बुझाएको बताइएको छ । पछिल्लो केही समय देखि नैमुद्धिनको माध्यमबाट नक्कली कागजातको आधारमा नागरिकता बनाउन सफल भएर चन्द्रपुरमा बस्दै आएका त्यसता व्यक्तिहरु अहिले फरार भएका छन् ।
भारतको बिहारमा घर भइ चन्द्रपुरमा ठेलामा व्यापार चलाउदै आएका एक जनाको परिवार बिचल्लीमा परेको छ । बिचौलिया नैमुद्धिन फक्राउ परेपछि आफुहरु पनि पक्राउ पर्ने डरले तिनीहरु फरार भएको श्रोतले बतायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन