ब्राह्मणबादको झेलमा सुभासचन्द्र नेम्वाङको राजनीतिक देखि देहावसानको सम्म यात्रा

कम्युनिष्ट आन्दोलनका योद्धा एवं सच्च सिपाहीको कार्यरत रहेर विभिन्न समयमा तत्कालिन राज्य व्यवस्थाको यातनाको शिकार बनेर यहाँ सम्म पुगेका सुभासचन्द्र नेम्वाङलाई एमालेमा राम्ररी अवसर पाएनन् । उनी सभामुख र पार्टीको उपाध्यक्ष सम्म मात्रै सिमित रहन पुगे ।
विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले) मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्म मात्रै पुगे । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा सिमित भए ।
नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष÷सभामुख थिए । उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक पटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन मन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापकको रुपमा काम गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्ता समेत रहेका थिए ।
उनी नेकपा एमालेमा यति लामो समय बिताउदा समेत कहिले पनि प्रधानमन्त्रीको दावेदार बनाईएन किन ? के नेम्वाङ जनजाति भएकै कारण उनलाई नेकपा एमालेको केन्द्रिय अध्यक्ष तथा एमालेको तर्फ बाट प्रधानमन्त्रीको दावेदार बनाउन उपयुक्त ठानेन्न होला ? एमालेले ।
स्नातक तह सम्म अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववीयू सभापति समेत भएका थिए । नेम्वाङ एमालेमा जहिले पनि ईमानदार नेता भएर कार्यकर्ता संग सहकार्य गरे तर उनिलाई पार्टीमा अध्यक्ष पदमा कहिले पनि प्रस्ताव गरेन ।
मनमोहन अधिकारी देखि लिएर माधवकुमार नेपाल हुँदै खडग प्रसाद शर्मा ओली ( केपी ) सम्म आउँदा नेकपा एमालेमा ब्राह्मण वादमै हावी रह्यो । अहिले एमालेमा केपी ओलि पछि ईश्वर पोखरेल, शंकर पोखरेलको पालो आयो तर नेम्वाङ सधै दोश्रो स्थानमै सिमित रहन पुगे ।
नेम्वाङलाई ब्राह्मणवाद सोचका नेताले गर्दा उनलाई अधि बढ्न दिएन, किन कि उनी जनजाति मध्येका थिए । छिमेकी मुलुक भारतमा दलित समुदायको प्रतिनिधित्व गर्दै बाबा भिमराव अम्बेडकरलाई भारतमा संविधान पिता भन्ने गर्छन तर नेपालमा जनजाति समुदायबाट आएका नेम्वाङले नै पहिलो संविधान मस्यौदा तयार गराई लागू गर्न पुर्ब राष्ट्रपति रामवरण यादव समक्ष पेश गरेका थिए ।

झट् यसरी हेर्ने हो संविधान मा मुख्य भुमिका नेता नेम्बाङकै रह्यो तर उनलाई कहिल्यै पार्टी संचालन वा सरकार संचालनको अवसर प्राप्त भएनन् । नेपाली राजनीति ब्राह्मणवाद हावी रहेको छ, त्यस त्यसकारण बाह्मण बाहेकका नेतालाई महत्व दिइएन । नेम्वाङ एमालेमा दोस्रो श्रेणीका नेताका रूपमा उदय भई अहिले संसारबाट सधैको लागि विदा भए तर यो अब नेपालको जनजाति, दलित, पिछडिएका वर्गको उत्थान कहिले होला भन्ने आस गर्नु नै बेकार रहेको देखिन्छ । नेपाली राजनीतिमा सत्ता वा पार्टी हाँक्ने सधै ब्राह्महणबादको कारण अन्य दलित जनजाती वर्ग सधै दौश्रो पुस्तामै सिमित रहेर यो संसारबाट विदा हुनु बाहेक अन्य कुनै अवसर प्राप्त नहुने निर्विकल्प देखिएका छन् ।