जी–२० शिखर सम्मेलनमा भाग लिन आएका चिनियाँ प्रतिनिधिहरूको झोलामा ’शंकाष्पद उपकरण’

   २७ भाद्र २०८०, बुधबार १६:००  

नयाँ दिल्ली, हिन्दुस्तान टाइम्स । भारतको नयाँ दिल्लीमा हालै सम्पन्न भएको जी–२० शिखर सम्मेलनमा भाग लिन आएका चिनियाँ प्रतिनिधिहरुको झोलामा “शंकाष्पद उपकरण” रहेको होटल कर्मचारीलाई उढृत गर्दै हिन्दुस्तान टाइम्समा समाचार छापिएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलले आफ्नो झोला जाँच गर्न अस्वीकार गरेपछि दिल्लीको ताज प्यालेस होटलमा १२ घण्टा लामो अवरोध भएका थिए ।
ताज प्यालेस होटेलका एक कर्मचारीले झोलामा ’शङ्कास्पद उपकरण’ भएको जानकारी दिएको थियो, टिओआई को रिपोर्टलाई उढृत गर्दै हिन्दुस्तान टाइम्समा समाचार प्रकाशित भएका छन् ।
होटेलमा रहेका सुरक्षाको कारण देखाउदै उक्त झोला चेकजाँच गर्न भन्दा समेत चिनियाँ प्रतिनिधिहरुले चेक गराउन नमानेपछि उपकरण हटाई चिनियाँ दूतावास पठाइयो । प्रतिवेदनमा भनिएको छ कि प्रतिनिधिमण्डलले ’निजी’ इन्टरनेट जडान पनि मागेको थियो तर उक्त अनुरोधलाई होटलले ठाडो अस्वीकार गरिएको अखवारले खबरलाई प्रमुखता दिएको छ । श्रोतः हिन्दुस्तान टाइम्स ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै