रंगपुरको कटानीमा निशुल्क आँखा शिविर, ४१० जनाले गराए आँखा परिक्षण

   २७ भाद्र २०८०, बुधबार १६:४९  

रौतहट, २७ भदौं । नेत्र ज्योती संघद्धारा संचालित गौर आँखा अस्पतालले गुजरा नगरपालिकाको रंगपुर स्वास्थ्य चौकीमा एक दिने निशुल्न आँखा परिक्षण सम्बन्धी स्वास्थ्य शिविरको बुधवार आयोजना गरियो ।
गुजरा नगरपालिका वडा नम्वर २ रंगपुर स्वास्थ्य चौकी कटानीमा आज आयोजित निशुल्क आँखा परिक्षण स्वास्थ्य शिविरमा २६५ महिला र १४५ पुरुष गरी ४१० जनाले आँखाको परिक्षण गराएका हुन् ।
मोतिया विन्दु भएको ११८ जनालाई लेन्स सहितको शैल्यक्रिया गराउने गौर आँखा अस्पतालमा सम्पर्क गर्ने र ७८ जनालाई निशुल्क चश्मा वितरण गरिएको शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
गुजरा नगरपालिकाबाट आएको प्रस्ताव अनुसार उक्त स्थानमा शिविरको आयोजना गरेर उनीहरुलाई सेवा प्रवाह गरिएको कार्यक्रम संयोजक पाण्डेले भने । नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाई गौर ८ रौतहटको आयोजना, सेवा फाउण्डेशनको आर्थिक सहयोग र गुजरा नगरपालिका, लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर, लायन्स क्लव अफ रौतहट, ग्रिन सिटी लायन्स क्लव अफ रौतहट भिजन नेपालको स्थानीय स्तरमा आयोजनामा उक्त निशुल्क आँखा शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक पाण्डेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै