download zoom 64 zoom meeting login with id number - zoom meeting login with id number download for zoom windows zoom basic download free download zoom for pc windows 10 download zoom for hp laptop

आर्थिक बर्षको पहिलो सेवाग्राहीलाई दुर्गा भगवतीमा स्वागत

   २ श्रावण २०७८, शनिबार ११:२७  

तराई टप संवाददाता
रौतहट, २ साउन । नयाँ आर्थिक बर्षको पहिलो दिन शुक्रवार पहिलो सेवाग्रहीलाई दुर्गा गाउँपालिकाले फुलमाला, अविर, मिठाई खुवाएर स्वागत गरेको छ ।
साउन १ गते अर्थात नयाँ आर्थिक बर्ष २०७८÷०७९ को पहिलो दिन काम विशेषले दुर्गा भगवती गाउँपालिकाको कार्यालय गंगापिपरामा पुग्दा उनले नचिताएको अप्रत्यासी घटना भयो । कार्यालयको प्रवेशद्धारमै निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द पाठक सहितका कर्मचारीहरुले उनलाई फुल माला, अविर लगाउनुको साथै मिठाई खुवाएर कार्यालयमा स्वागत गरिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पाठकको अनुसार सेवाग्राही हाम्रा लागि भगवान सरह हो, उनीहरु काम गराउने भावनाबाट आउने गरेको हुँदा सेवाग्राहीको कामलाई सकभर सहज, छरितो र चाँडो काम गराएर पठाउने मानसिक्ताबाट हामी पालिकाको सम्पूर्ण कर्मचारीहरुलाई सेवाग्राहीको कामलाई पहिलो प्राथमिकता दिन निर्देशित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै