सुन तस्करी संलग्न चिनियाँ नागरिक भारत हुँदै नेपाल प्रवेश गरेको खुलासा, चिनियाँ अपराधको ट्रान्जीट प्वाइन्ट नेपाल बन्दै

53 Shares

रौतहट, २८ भदौं । ठूलो परिमाणमा बरामद भएका सुनको तस्करीमा संलग्न एक चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको रहस्य खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै भारत हुँदै नेपाल प्रवेश गरेको रहस्य खुलेको हो ।
सुन तस्करीमा संलग्न समूहलाई सीआईवीले ‘टोखा समूह’ र ‘लाजिम्पाट समूह’ मा वर्गीकरण गरेर पहिलो चरणको अनुसन्धान टुंग्याइसकेको छ । टोखा समूह परिचालन गर्ने चिनियाँ तस्कर याओ पुचेङ्ग बिना भिसा नै नेपाल प्रवेश गरेका हुन् । तस्कर समूहमा उनी ‘एलेक्स’ भनेर चिनिने गरेका छन् ।
चिनियाँ नागरिक याओ पुचेङ्ग करिब १ वर्षअघि भारत हुँदै नेपाल आएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उनले भने, ‘पुचेङ्ग सँग भारतीय आधार कार्ड र नक्कली नेपाली पासपोर्ट रहेछ, ती कागजातका आधारमा उनी बिना भिसा काठमाडौंमा आएको देखिन्छ ।’
चिनियाँ नागरिक याओ पुचेङ्ग उर्फ ‘एलेक्स’ को साथमा नेपाली नागरिकता समेत भेटिएको छ । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नेपाली नागरिकता लिएको देखिन्छ । भारतबाट नेपाल प्रवेश गर्दा कुन नाकाबाट छिरेको भन्नेबारे पुचेङ्गले प्रहरीलाई अहिले सम्म बताएको छैनन् । तर, उनले भनेका छन्, ‘भारतबाट नेपाल प्रवेश गरेको हुँ ।’ उनी पाँच वर्षदेखि चीन गएका छैनन् ।
ठमेलको छाया सेन्टर स्थित ‘वाल्डो क्यसिनो’ मा जुवा खेल्ने पुचेङ्गले त्यहाँबाट हङहङमा रकम पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि छ । सुन तस्करीको रकम भुक्तानीमा वाल्डो क्यासिनो प्रयोग भएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकाले छ ।
बषौं देखि चिनियाँ नागरिक पुचेङ्ग नेपालमा अबैध रुपमा बस्दै तस्करी कार्यमा संलग्न रहदै आएको छ । चिनियाँ नागरिकका लागि नेपाल अपराधीक गतिविधि संचालन गर्ने ट्रान्जीट प्वाइन्ट बनेकोमा सुरक्षा अधिकारीहरु चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।