राजघाट सोल्टीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु तिन घाइते

सर्लाही, २८ भदौं । सर्लाही जिल्लाको बागमती नगरपालिकाको गाजली चोक नजिक विहिवार विहान दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
बागमती नगरपालिका वडा नम्वर ८ गाजली चोकस्थित राजघाटबाट सोल्टी तर्फ आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर तर्फ जाँदे गरेको ना ५१ प ५१७७ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किंदा उक्त घटना भएका हुन् ।
दुर्घटनामा परेर बा ३० प ९४०७ नम्बरको चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० बर्षिय गणेश कार्की गम्भिर घाइते भई उपचारको लागिÞ हरिवनको सरस्वती अस्पतालमा पुर्याउदा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
अर्को मोटरसाइकलमा सवार हरिवन नगरपालिका वठा नम्वर १ का ३२ बर्षिय मुकेश कुमार साह र उनको २६ बर्षिया श्रीमती शान्ता कुमारी साह र ३ बर्षिया छोरी प्रिया कुमारी साह घाइते भएको प्रहरीले बताए । ३ बर्षिया बालिका प्रियाको टाउकोमा चोट लागेको हुँदा उनको अवस्था गम्भीर रहेको इप्रका बरहथवाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
घाईतेहरुको हरिवनको नमुना अस्पतालमा उपचार भइरहेको बताए । मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी लामिछानेले बताए ।